डडेल्धुराका सातै पालिकामा काँग्रेसको मल्ल समूहले एमालेसंग गर्यो तालमेल
धनगढी / नेपाली काँग्रेसका प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले काँग्रेस विपीमा प्रवेश गरेर एमालेसँग गठबन्धन गरेको छ।
सदरमुकाम अमरगढी नगरपालिकामा विपी काँग्रेसबाट हरिप्रसाद भट्ट मेयरमा र एमालेका यज्ञराज अवस्थी उपमेयरमा चुनाव लड्ने भएको छन्।
परशुराम नगरपालिकामा हालका एमालेका वडाअध्यक्ष केशव बोहरा मेयर र विपी काँग्रेसका उम्मेदवारलाई उपप्रमुख दिने सहमति भएको छ।
भागेश्वर गाउँपालिकाको अध्यक्ष भने एमालेलाई र उपाध्यक्ष विपी काँग्रेसलाई दिइने भएको छ। यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेलाई दिइने निर्णय भएको छ।
यस्तै नवदुर्गाको अध्यक्षमा विपी काँग्रेसबाट गोकुल शाही, उपाध्यक्षमा एमालेकी तारा खाती चुनाव लड्ने भएका छन्। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र विपी काँग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर उम्मेदवार बन्ने सहमति भएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालिका गन्यापधुरामा विपी काँग्रेसबाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने भएका छन ।