१२ पुष २०८१, शुक्रबार

सरकार स्थानीय निर्वाचन सार्ने निहुँ खोज्दै– एमाले अध्यक्ष ओली



बझाङ / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार आसन्न स्थानीय निर्वाचन सार्नका लागि विभिन्न बहाना खोजिरहेको आरोप लगाएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सरकारले आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचन सार्नका लागि नै प्रतिपक्षी दलहरुसंग एकपछि अर्को निहुँ खोजिरहेको दाबी गरे ।

“सरकार निर्वाचन विथोल्नका लागि नै प्रतिपक्षी दलहरुसंग निहुँ खोजिरहेको छ” सोमबार बझाङको सदरमुकाम चैनपुरमा आयोजित कार्यक्रममा उनले आरोप लगाए– सरकार निर्वाचन सारेर स्थानीय तहहरुलाई जनप्रतिनिधिबिहीन बनाउने काममा लागेको छ ।

उनले वर्तमान सरकार सत्ता र गठबन्धन टिकाईराख्नेतर्फमात्रै केन्द्रीत रहेको आरोप लगाए । उनले भने– सरकार मुलुकलाई अस्थिरतातर्फ धकेल्न उद्यत छ ।

उनले सरकारलाई आफू अजम्बरी हुँ भन्ने भ्रम त्याग्न सल्लाह दिए । “एमालेले चाह्यो भने यो सरकारलाई सात दिनभित्रै उखेलेर फाल्न सक्छ” उनले चेतावनीको शैलीमा भने ।

आमसभामा एमाले उपाध्यक्ष बिष्णु पौडेल, स्थायी समिति सदस्यद्वय भानुभक्त ढकाल, कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार