४ पुष २०८२, शुक्रबार

एमालेबाट टीकापुरको मेयरमा पाँचजना आकांक्षी




टीकापुर/ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयर पदमा पाँच जना आकांक्षी देखिएका छन् ।

आगामी स्थानीय निर्वाचनमा एमालेको तर्फबाट मेयर र उपमेयर पदमा नाम सिफारिस गर्ने उद्देश्यले आज बसेको सो पार्टीको टीकापुर नगर कमिटीको विस्तारित बैठकमा मेयरको उम्मेदवार बन्न पाँच जनाले विधिवत चाहना राखेका छन् ।

सो पार्टीका मेयरका आकांक्षीहरुमा प्रदेश कमिटी सदस्य तथा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावल, प्रदेश कमिटी सदस्य मातृका तिमिल्सेना, जिल्ला सचिवालय सदस्य श्याम खत्री, नगर कमिटी अध्यक्ष ध्रुव खत्री र प्रदेश कमिटी सदस्य कमला शाही रहनु भएको छ ।

आगामी स्थानीय निर्वाचनमा एमालेले ती पाँचजना मध्य एकजनालाई नगर प्रमुखमा पार्टीका तर्फबाट उम्मेदवार बनाउने छ ।
यस्तै यो समाचार तयार पार्दासम्म उपप्रमुखमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य सुमन खडकाले पार्टीबाट उम्मेदवार बन्नका लागि चाहना राख्नु भएको छ ।

मेयरका आकांक्षी मध्यका तिमिल्सेना विगत दुई दशक देखि टीकापुरको पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशिल ब्यक्ति हुन, एमाले पार्टीको एक कार्यकाल केन्द्रिय प्रचार विभागको सदस्यको भूमिका समेत निभाई सकेका हुन् ।

यस्तै अर्का अकांक्षी तपेन्द्र रावल २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका हुन । एमाले टीकापुरको दुई कार्यकाल पार्टी नगर प्रमुख समेत चलाईसकेका रावल दुई कार्यकाल जिल्ला कमिटी सदस्य समेत भइसकेका हुन ।

यस्तै अर्का अकांक्षी श्याम खत्री दुई कार्यकाल टीकापुर एमालेको नगरको नेतृत्व गरिसकेको र जिल्ला कमिटी सदस्य समेत भइसकेका हुन् । खत्री गत निर्वाचनमा समेत एमालेबाट नगर प्रमुखका लागि सिफारिस भएका ब्यक्ति हुन ।
अर्का अकांक्षी हाल नगर अध्यक्ष समेत रहेका ध्रुव खत्री यस अघि नगर सचिव समेत भएका थिए ।

यस्तै मेयरमा आकांक्षी कमला शाही माओवादी केन्द्र हुँदै नयाँ शक्ति पार्टीबाट एकता प्रक्रियामा एमालेमा आउनुभएको हो ।
एमालेले आकांक्षीहरुका बीचमा जिल्ला कमिटीले सिफारिस गर्दै प्रदेश कमिटी बाट आधिकारिक रुपमा उम्मेदवार तय गर्ने विधि बनाएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार