काँग्रेस सरकारमा जाँदै, समाजवादीका मन्त्री पनि फेरिने

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी हुने भएको छ । काँग्रेससँगै एकीकृत नेकपा (समाजवादी ) का पनि केही प्रदेश सभा सदस्य मन्त्री हुदैछन् ।
स्रोतका अनुसार काँग्रेसका तीन सहित छ जनाले सपथग्रह गर्ने तयारी हुँदैछ । सरकारमा समाजवादीका सात जना सहभागी छन् ।
काँग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल, गोविन्द बोहरा मन्त्री र टेकबहादुर रैका राज्यमन्त्री हुने बताइएको छ ।
मन्त्री परिवर्तन भएसँगै समाजबादीसंग भौतिक पूर्वाधार र आर्थिक मामिला तथा योजना मन्त्रालय रहने छन् ।
यस्तै काँग्रेसले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय पाउने भएको छ ।
नवनियुक्त मन्त्रीहरुको शुक्रबार साँझ नै नियुक्ती तथा सपथग्रहण हुने भएको छ ।




