४ पुष २०८२, शुक्रबार

बलत्कारको झुटो मुद्धा दिने अछामकी एक युवतीलाई साढे तीनवर्षको जेल सजाय



काल्पनिक फोटो गुगलबाट लिइएको हो


अछाम / बलकात्कारको झुटो मुद्धा दिने अछामको कमलबजार नगरपालिकाकी एक १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय भएको छ ।

जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको हो । बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिदै अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो ।

अछाम प्रहरी प्रमुख रविराज थपलियाका अनुसार आरोपितले तत्काल विवाह नगर्ने भनेपछि रिसको आवेगले बलात्कारमा उजुरी गरेर फसाउन खोजेको भन्दै अदालतले कैद फैसला गरेको हो ।

ती युवतीले नन्दरामले माघ १५ गते राती आफ्नै घरमा बलात्कार गरेको भन्दै माघ १७ गते प्रहरीमा उजुरी दिएकी थिइन् । झुटा मुद्धामा फसाउने प्रयत्न गरेवापत मुलुकी फौजलारी कार्यविधि संहिता २०७४ दफा २१९ अनुसार तीन वर्ष छ महिना कैद हुने ठहर गरेको छ ।

आरोपित नन्दरामलाई प्रहरीले कमलबजार नगरपालिका–६ गैरीटाँड बजारबाट माघ १८ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार