एमालेसंग चुनावी तालमेल हुदैन– महासचिव भुषाल

धनगढी / नेकपा (एकीकृत समाजवादी) का महासचिव डाक्टर वेदराम भुसालले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् ।
मंगलबार धनगढीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले सो कुरा बताएका हुन् ।
एमाले सरकारमा हुँदा केपी शर्मा ओलीले संविधानलाई कुल्चीएर संसद विघटन गरी नेपाली जनतालाई अध्यारोमा धकेलेको तानाशाही शासन संविधान विपरीत काम गरी इतिहास कायम गरेको पार्टीसँग आफ्नो पार्टीले सहकार्य नगर्ने उनले बताए ।
‘एमालेबाट विद्रोह गरेर आफूले निर्माण गरेको पार्टीमा देशव्यापी लहर चलेको छ, उनले भने, आगामी निर्वाचनमा आफ्नो पार्टीको अग्निपरीक्षा भएकाले त्यसको तयारीमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले एमाले वामपन्थी पार्टी नभएको जिकीर गर्दे महाधिवेशनमै उसले समाजवाद असम्भव भएको दस्तावेश पारित गरेर यथास्थितिमै बसेको बताए ।
एक फरक प्रसंगमा उनले माओवादीसंग एकता होइन चुनावी तालमेल र कार्यगत एकता हुने बताए । महासचिव भुषालले आफ्नो पार्टी चुनवा जित्ने वा हार्ने भन्दा पनि संविधानको रक्षा र प्राप्त उपलव्धी जोगाउन केन्द्रीत रहेको बताए ।
उनले संविधानको रक्षा र प्राप्त उपलव्धी जोगाउन पनि अहिलेको गठवन्धन जोगिनु पर्ने बताए ।




