४ पुष २०८२, शुक्रबार

चुनावमा घात गर्नेलाई छोडिन्न : काँग्रेस सभापति भट्ट




धनगढी / नेपाली काँग्रेस कैलालीमा नवनिर्वाचित सभापतिसहित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन ।

बुधबार पार्टी कार्यालयमा जिल्ला कार्यसमितिको पदस्थापना कार्यक्रमको आयोजना गरि नवनिर्वाचित सभापति नारायणदत्त भट्टसहितको पदाधिकारी तथा कार्यसमितिले कार्यभार सम्हालेका हुन ।

नेपाली काँग्रेस कैलालीका निवर्तमान उपसभापति प्रकाशबहादुर वमले कार्यालयको साँचो, फाईल र प्रोजेक्टर सभापति भट्टलाई हस्तान्तरण गर्दै कार्यभारको जिम्मेवारी दिएका थिए ।

सो अवसरमा बोल्दै सभापति भट्टले आफू सधै पार्टीको हीतमा मात्र काम गर्ने प्रतिवद्धता व्यक्त गरे । म व्यक्ती कसैलाई मन पर्छु वा पर्दैन त्यो थाहा छैन । मलाई गाली गर्नुस वा जे मन लाग्छ त्यो भन्नुस तर, भोट हाल्ने दिन छातीमा हात राखेर म काँग्रेस हुँ भन्नुहोस उनले भने यदि त्यस्तो गर्नुभएन ।

पार्टीभित्र बसेर खुट्टा तान्ने काम गर्नुभयो कृपया माफ गर्नुहोला उहाँहरुले आजैदेखि पार्टी छोडिदिनुहोस । अन्यथा मैले कसै साथीका बारेमा कलम चलाउनु नपरोस् । मेरो केही कमजोरी होला । कहिले काही गल्ती हुन सक्छ । कहिले काही कसैलाई अन्याय पनि हुन सक्छ । पार्टी हीतका बारेमा सोचिदिनुहोला ।

उनले आफना त्रृटि औल्याई सुधार्न सुझाव दिन आग्रह गर्दै भने –पार्टीलाई घात गर्ने काम कृपया नगरिदिनुहोला । मेरो अनुरोध छ । बैशाख ३० गते चुनाव आउँदै छ । त्यो हाम्रो मरण र जीवनको विषय छ । उनले २०७४ को निर्वाचनमा पार्टीले अधिकाँस ठाउँमा पराजय भोग्दा जनताले दुःख पाएको स्मरण गराए ।

उनले कम्यूनिष्टहरुले राजनीतिका नाममा व्यापार गरिरहेको आरोप लगाए । कम्युनिष्टहरु भ्रष्टाचार गर्न र स्वार्थपुर्तीका लागि एक ठाउँमा उभिन्छन उनले भने राजनीति गरिव निमुखा जनताका लागि हुनुपर्छ । कम्यूनिष्टहरुले भ्रमको खेतीबाहेक केही गर्न सकेको छैन । कसरी भ्रमको खेती गर्छन । हाम्रा तमाम साथीहरुलाई योजना बेचेका छन । चार लाख दिन्छु, पाँच लाख दिन्छु भन्छन । अनि हामी चाही विचार छोडेर चाही योजनामा विक्री हुने ? के हो ? हाम्रो विचार महत्वपूर्ण हो कि पैसा महत्वपूर्ण हो । उनले पार्टी अर्को विचारसंग लड्दै गर्दा एक ढिक्का हुनुपर्ने बताए ।

अब आउने आगामी दिन हाम्रा लागि महत्वपूर्ण छ । त्यतिखेर हामी विचारसंग लड्छौं । विगतमा हामीसंग बहाना थियो । अब कुनै पनि बहाना छैन । किन छैन भने हिजो एमाले–माओवादी मिल्यो भनेर हार व्यहोर्नु परेको थियो । आज मिलेको छैन । पार्टी टुटेको र फुटेको छ । हामीले सित्तैमा पद पाउछौ भनेर कसैले सोचेको छ भने त्यसलाई दिमागबाट हटाउनुहोस ।’ उनले पार्टीलाई सुधारतर्फ लैजान सबै लाग्नुपर्ने बताए ।

जिल्ला कार्यसमितिको उपसभापतिमा भीमबहादुर बडुवाल र खेमराज डंगौरा थारु, सचिवमा नृपबहादुर सुनार र केशवराज मिश्र, सहसचिवमा कलेशुराम चौधरी र रामसमझ राना रहेका छन ।

त्यस्तै, महाधिवेशन प्रतिनिधिमा भीमबहादुर शाह, मधेशी मुस्लिम सदस्यमा सुजिता यादव, अल्पसंख्यक–अपाङ्ग सदस्यमा कृष्णप्रसाद धमला, आदिवासी जनजाती सदस्य कमलबहादुर पुनमगर तथा खसआर्य खुल्ला सदस्यमा उत्तमराज जोशी, ओमजंगबहादुर सिंह र गणेशबहादुर खड्का रहेका छन ।

त्यस्तै, भुगोल खुल्ला सदस्यमा रोशन सिंह, अमरबहादुर खत्री पौडेल, योगेन्द्र बिष्ट, डिलबहादुर भाट, तर्कराज उपाध्याय, धनबहादुर मल्ल, आनन्द हमाल, बमबहादुर बम, तपेन्द्रकुमार भुल (भुषाल), प्रकाश जोशी, रतनबहादुर कठायत, सुशील शाह, टंकप्रसाद जोशी, मानबहादुर साउद, गजेन्द्रबहादुर बिष्ट र अर्जुनबहादुर स्वाँर रहेका छन ।

भुगोल महिला सदस्यमा अनिताकुमारी चौधरी, चन्द्रलक्ष्मी शाह, गाहनी चौधरी, गुलियाकुमारी चौधरी, लिलादेवी खत्री, किरण कुश्मी चौधरी, कल्याणी सिंह, सुशीला भट्ट, उत्तरादेवी बम, नन्दा शर्मा, झरना सिंजालीमगर र राधिका जोशी रहेका छन् ।

खसआर्य खुल्ला सदस्यमा गणेशबहादुर शाह र टेकेन्द्रबहादुर धामी, महिला सदस्यमा देवकी कार्की, ललीतादेवी देउवा, सरस्वती बस्नेत र हस्ता भण्डारी, थारु खुल्ला सदस्यमा जग्गुप्रसाद चौधरी, पतिराम चौधरी, बलबहादुर कठरिया थारु, भंगी राना र श्रीपाल चौधरी रहेका छन् । त्यस्तै, महिला सदस्यमा कल्पनादेवी चौधरी, निर्मलाकुमारी चौधरी, फुलनदेवी वडायक, र शारदा चौधरी रहेका छन् ।

त्यस्तै, दलित सदस्यमा गणेशबहादुर सुनार, चक्रबहादुर नेपाली र विमला जैरु रहेका छन् भने भुगोल खुल्ला सदस्यमा तारामल कठरिया, कमलाकान्त पन्त, प्रेमराज भट्ट र खुशीराम चौधरी रहेका छन् ।

निवर्तमान उपसभापति प्रकाश बमको अध्यक्षतामा भएको समारोहमा नेता गोविन्द शाह प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन निवर्तमान सचिव पूर्ण कुँवरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार