११ पुष २०८१, बिहीबार

सहिद गोविन्द गौतमको स्मृति दिवस मनाइयो



धनगढी / भारतीय अतिक्रमणको विरोधमा प्रदर्शनका क्रममा एसएसपीको गोली लागि सहादत प्राप्त गरेका सहिद गोविन्द गौतमको पाँचौ स्मृति दिवस पुनर्वासमा मनाएको छ ।

बिहीबार शालिक निर्माण गरिएको स्थलमै पुगेर पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा लगायतका जनप्रतिनिधिले शालिकमा माल्यार्पण गर्दै पाँचौ स्मृति दिवस मनाएका हुन् । शालिकमा माल्यार्पण पश्चात् सहिद गौतमका बुवालाई नगर प्रमुख थापाले नगद पाँच हजार र दोसल्ला सहित सम्मान गरेका थिए ।’

स्मृति सभामा बोल्दै नगर प्रमुख थापाले भारतले नेपाली भूमि हस्तक्षेप गर्न खोज्दा भूमि रक्षाका लागि ज्यानै फाल्न तयार भएका सहिद गोविन्द गौतमलाई सधै भरी स्मरण गर्दै सम्मान गरिने बताए ।’

देशको भूमि जोगाउन आफ्नै ज्यानको आहुती दिएका सहिद गौतमको सपना हामी सबै नेपालीले साकार पार्नुपर्ने उनको भनाई छ ।

०७३ फागुन २६ गते पुनर्वास नगरपालिका–४ कार्गिल डाँडा सीमा नजिकै नालामा कल्भर्ट निर्माण गर्न खोज्दा विवाद चुलिएर सहिद गोविन्द गौतमले सहादत प्राप्त गरेका थिए । घटना घटेको पाँच वर्ष बितिसक्दा पनि सीमा समस्या समाधान गर्न सरकार अझै अनविज्ञ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार