५ पुष २०८२, शनिबार

काँग्रेसको उपसभापतिमा वडुवाल र चौधरी विजयी




धनगढी / नेपाली काँग्रेस कैलालीको उपसभापतिमा सभापतिमा निर्वाचित नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु विजयी भएका छन् ।

बडुवालले १३२८चौधरीले ९२३ मत पाएका छन्। चौधरी र बडुवालले यसअघि जिल्ला सभापतिका दावेदार भए पनि अन्तिममा उपसभापति उठेका थिए । वडुवाल अघिल्लो जिल्ला अधिवेशनमा सभापतिमा पराजित भएका थिए ।

यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मत ल्याउदै विजयी भएका छन्। निर्वाचन समितिका अनुसार अब जिल्ला सदस्यको मतगणना सुरु हुनेछ।

यसअघि विहीबार दोस्रो चरणको निर्वाचनबाट सभापतिमा नारायणदत्त भट्ट सभापति निर्वाचित भइसकेका छन् । यस्तै सचिवमा पनि नृपबहादुर सुनार र केशव मिश्र विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार