५ पुष २०८२, शनिबार

काँग्रेस सचिवमा दुई युवा विजयी, सुनारको सर्वाधिक मत




धनगढी / नेपाली काँग्रेस कैलालीको जिल्ला सचिवमा दुई युवाहरु विजयी भएका छन् ।

सचिवमा प्रकाशबहादुर वम प्यानलका नृप सुनारले १४९३ र सभापतिमा निर्वाचित नारायणदत्त भट्ट प्यानलका केशव मिश्रले ११५६ मत प्राप्त गर्दै विजयी भएका हुन ।

४० वर्षीय सुनार र ३९ वर्षीय मिश्रलाई काँग्रेसमा केही नयाँ काम गर्ने युवाका रुपमा हेरिएको छ ।

सुनारले निर्वाचित सात पदाधिकारीमामै सबैभन्दा बढी मत प्राप्त गरेका हुन । काँग्रेसले जिल्ला अधिवेशनबाट विधान अनुसार एक सभापति र दुई दुई वटा उपसभापति, सचिव र उपसचिव छानेको छ ।

दुई सचिवका लागि भएको चुनावमा अर्का युवा अमृत विसी, थर्क शाह, नवराज जोशी र देवानन्द जैसी पनि उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार