पाँचै क्षेत्रको प्राररम्भीक गणनामा भट्ट अगाडि


धनगढी / नेपाली काँग्रेस कैलालीको सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको गणनामा पाँचै क्षेत्रमा सभापतिका उम्मेदवार नारायणदत्त भट्ट अगाडि देखिएका छन् ।
कैलालीका पाँचवटै क्षेत्रका मत पाँच ठाउँमा गणना गर्न थालिएको छ । गणना भएका मत जोड्न वाँकी छ ।
सभापतिमा पहिलो चरणमा पहिलो मत ल्याउने प्रकाशवहादुर वम र दोस्रो मत ल्याउने नारायणदत्त भट्टवीच प्रतिस्पर्धा छ ।
दोस्रो चरणको मतदानमा दुई हजार ४६७ मत खसेको छ । जिल्ला अधिवेशनमा दुई हजार ५७२ मतदाता रहेका थिए ।





