एमाले माधव नेपालको पालामा जस्तो हाँसको चाल न कुखुराको चाल जस्तो हुँदैन : महासचिव पोखरेल


धनगढी / नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले एमाले माधव नेपालको पालामा जस्तो हाँसको चाल न कुखुराको चाल जस्तो नहुँने बताएका छन् ।
धनगढीमा विहीबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले माधव प्रचण्डहरुले सत्ताका लागि मात्र विगतमा एमसीसीको विरोध, एक व्यक्ती एक पदको कुरा उठाएको अहिले आएर प्रस्ट भएको बताए ।
उहाँहरु हिजो एमसीसी चाहिदैन भन्नुहुन्थ्यो, अहिले सत्ता र गठवन्धन बचाउनका लागि एससीसी पास गर्नुभयो महासचिव पोखरेलले भने व्याख्यात्मक टिप्पणी लाज जोगाउने कुरा मात्रै हो ।
उनले भने व्याख्यात्मक टिप्पणी लाज जोगाउन, सत्य वोल्न नसक्ने अवस्थामा ल्याइएको हो । व्याख्यात्मक टिप्पणीको कुनै कानूनी हैसियत छैन ।
उनले माधव प्रचण्डको आलोचना गर्दे भने हिजो एक एक व्यक्ती एक पद भन्नुहुन्थ्यो, अहिले माधव र प्रचण्ड आफ्ना पार्टीका अध्यक्ष र संसदीय दलको नेता भइरहेका छन् ।
फरक प्रसंगमा उनले प्रचण्ड र माओवादी वाम एकताको पक्षधर नभएको पनि चर्चा गरे उनको भनाइ थियो वादल र लेखराजहरु नेकपाको निरन्तरताकारुपमा एमालेमै रहे तर माधव प्रचण्ड किन एकै ठाउँमा बस्न सकेनन् ।
उनले संसदीय व्यवस्थामा उही पार्टी सत्ता र सडकमा हुन सक्दैन भन्ने हाम्रो मान्यता थियो एमालेको काँग्रेससंगको निरन्तर छलफलले त्यो अवस्थामा सत्तारुढ दल पुगे । हाम्रो गठवन्धन टुटाउने रुची थिएन महासचिव पोखरेलले भने एमसीसीमा जसले सम्झौता गरेको हो उनैले जिम्मा लिउन भन्ने थियो त्यसमा एमाले सफल भएको छ ।
अर्लि इलेक्शन बारेको पत्रकारको एक प्रश्नको जवाफमा उनले स्थानीय चुनावमा असर नपर्ने गरेर हुने अर्लि इलेक्सनमा जान आफूहरु तयार भएको पनि बताए ।
उनले विगतको एमाले सरकारको तुलनामा मुलुकको सञ्चित कोष घट्दै गएको, १५ प्रतिशत बढी विकास खर्च गर्न नसकेको, मूल्यवृद्धी बढेको, बाहिरबाट आउने रकम घटेको तर बाहिर जाने रकम बढेकोमा चिन्ता व्यक्त गर्दे गठवन्धन सरकार रहुन्जेल देशलाई नोक्सान मात्र भइरहने टिप्पणी गरे ।
महाकालीमा ज्यूँदै नेपाली बगाइदा, नेपालीमा भूमीमा सडक बनाउदा बोल्न नसक्ने सरकारले जनताका हीतमा काम नगर्ने ठोकुवा समेत महासचिव पोखरेलले गरे ।




