सभापतिमा फेरि चुनाव हुने, वमले धेरै मत ल्याए


धनगढी / नेपाली काँग्रेस कैलालीको चुनावमा सभापतिमा ५१ प्रतिशत नपुगेपछि फेरि चुनाव हुने भएको छ ।
गणना अनुसार प्रकाशबहादुर वमले ११६९, नारायणदत्त भट्टले १०७३ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । अवको चुनाव वम र भट्टवीच हुने भएको छ ।
दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८६ मत खसेका थिए । ४७ मत बदर भएको छ ।




