कैलाली काँग्रेसको चुनाव सभापतिमा वम र भट्टको कडा टक्कर


धनगढी / नेपाली काँग्रेस कैलालीको सभापति पद १२८३ मत गणना हुँदा प्रकाश वमले ५६८ मत पाएका छन् । यस्तै नारायण भट्टले ५५२ र रामबहादुर कलेलले १३१ मत पाएका छन् ।
दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८३ मत खसेका थिए । अहिले सभापति पदको मत गणना भइरहेको छ ।




