काँग्रेसको मतगणना शुरु : वमले १४४ र भट्टले ११३ मत पाए


धनगढी / आइतबार साँझ भएको नेपाली काँग्रेस कैलालीको मतदानको गणना सोमबार दिउँसो २ः ५५ बजे मात्र शुरु भएको छ । प्रारम्भिक गणना अनुसार क्षेत्र नम्बर ३०० मत गणना हुँदा वमले १४४, भट्टले ११३ र रामहादुर कलेलले ३० मत प्राप्त गरेका छन् । प्रत्येक निर्वाचन क्षेत्रका मत गणना अलग अलग गर्ने कि एउटैमा राखेर गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा गणना झण्डै १३ घण्टापछि शुरु भएको हो ।
सभापतिका उम्मेदवार नारायणदत्त भट्ट पक्षले निर्वाचन क्षेत्र अनुसार गणना गर्नु पर्ने बताएको थियो भने अर्का उम्मेदवार प्रकाश वम पक्षले एउटैमा राखेर गणना पर्ने बताएको थियो ।
दुई हजार ५७२ मतदाता रहेको निर्वाचनमा दुई हजार ४८३ मत खसेका थिए । अहिले सभापति पदको मत गणना भइरहेको छ ।




