५ पुष २०८२, शनिबार

धनगढीमा सेक्स टोय सप खुल्यो




धनगढी / यौनका बारेमा खुलेर कुराकानी गर्न हिच्किचाउने समाजमा सेक्स टोय सप (योन खेलौना पसल) खुल्नु सामान्य मानिदैन ।

यौनका विषयमा रहेको सामाजिक संकोचलाई चिर्दै एक युवाले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक कण्डम एण्ड सेक्स टोय सप सञ्चालनमा ल्याएका छन ।

धनगढीका राजेश खतिवडाले धनगढीमा उपमहानगरपालिका वडा नम्बर २ चौराहमा सो पसल सञ्चालनमा ल्याएका हुन ।

यौन भनेको प्राकृतिक र सामान्य कुरा हो उनले भने– यो प्रत्येक मानिसको स्वाभाविक आवश्यकता हो ।

उनले मानिसमा रहेको अस्वाभाविक यौन व्यवहार र यौन धन्दा लगायतका कारण समाजमा यौन विकृतिका रुपमा फैलिरहेको बताए ।

काठमाडौसहित देशका विभिन्न शहरमा अहिले सेक्स टोय (यौन खेलौना) को माग बढ्दै गइरहेको छ । उनले सोही मागलाई दृष्टिगत गर्दै धनगढीमा पनि सो पसल सञ्चालनमा ल्याएको बताए ।

यो पसलमा विभिन्न किसिमका यौन खेलौनाका साथै विभिन्न प्रकारका कण्डम उपलब्ध छन उनले पसलमा यौन समस्या सम्बन्धी दक्ष व्यक्तिले आवश्यक भएका व्यक्तिलाई परामर्श दिने र यौन सम्बन्धी समस्याको बारेमा अनलाइन परामर्श सेवा पनि प्रदान गरिने छ ।

उनका अनुसार भाइब्रेटिङ, डिले, अलि पातलो, पुन प्रयोग गर्न मिल्ने, सुपर टाइट, काँडे, फिमेल कण्डम लगायतका कण्डमहरू उपलब्ध रहेका छन्् । भने महिला तथा पुरुषका लागि सामान्य तथा भाइव्रेटर सेक्स टोय पाइन्छ ।

त्यस्तै, शिघ्र स्खलन कन्ट्रोल गर्ने स्प्रे क्रिमहरू, सेक्स गर्दा प्रयोग गरिने ल्युब्रिकेन्टहरू तथा अन्य आकर्षक गिफ्ट सामग्री पनि उपलब्ध रहेको छ ।

उनले आफुले प्रदेशमा हुने यौन हिंसा, बलात्कार, अनैतिक यौन सम्बन्ध, असाधारण गर्भधारण लगायतमा कमी ल्याउन यो पसलले योगदान पुग्ने विश्वास व्यक्त गरे । भने– हामीले श्रीमान विदेश हुँदा श्रीमति अरु पुरुषसंग लागेको घटना सुन्दै आएको छौ ।

यौन चाहना भएपछि यो हुनु स्वाभाविक हो । त्यसैले श्रीमान टाढा भएका महिलालाई अनैतिक यौन सम्बन्धबाट रोक्न यौन खेलौनाले सहयोग गर्छ भन्ने मैले विश्वास गरेको छु ।

उनले समाजमा भइरहेका यौन हिंसा, बलात्कार आदि घटनामा कमी ल्याउन मद्दत पुग्ने भएकाले हरेक मानिसले यौनबारे खुलेर कुराकानी गर्नुपर्ने र विशेषज्ञहरूसंग यौन समस्याबारे नियमित परामर्श लिइरहनुपर्ने सुझाव दिए ।

सो पसल सञ्चालनका लागि १५ लाख रुपियाँको लगानी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार