११ पुष २०८१, बिहीबार

कांग्रेसको १६ जिल्ला अधिवेशन माघ १५ गतेलाई सारियो



धनगढी / नेपाली काँग्रेसको विभिन्न १६ जिल्लामा वाँकी रहेको जिल्ला अधिवेशन माघ १५ गतेका लागि सरेको छ ।

सुदूरपश्चिममा कैलाली र अछाम जिल्लामा अधिवेशन हुन बाँकी छ । अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके र नवलपुर छन् ।

माघ १२ गते राष्टिय सभाको चुनाव भएकोले अधिवेशन सारिएको कांग्रेसके केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले विभिन्न सञ्चार माध्यामलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार