भण्डारी र स्वाँर समाजवादीमा सक्रिय हुने

धनगढी / धनगढीका प्रतिष्ठित व्यवसायी राजेश भण्डारी नेकपा (एकीकृत समाजवादी ) मा सक्रिय हुने भएका छन् ।
उनी सो पार्टीको आज शनिवार हुन थालेको जिल्ला भेलामा सहभागी छन् ।
सवै साथीहरुवीच समाजवादीमै क्रियाशिल हौ भन्ने सल्लाह भयो त्यही अनुसार म समाजवादीमा क्रियाशिल हुने भएको छु ।
एमाले विभाजन भएपछि कता सक्रिय हुने भन्नेमा थिए साथीहरु सबैको सल्लाह समाजवादीमा लागौ भन्ने भयो उनले अनुमोदन खवरलाई भने ।
भण्डारी एमालेबाट धनगढी उपमहानगरको मेयर लड्ने चर्चा थियो ।
भण्डारीसित युवानेता रोम स्वाँर सहितका युवाहरु पनि समाजवादीमा सक्रिय हुने भएका छन् ।




