विभिन्न निर्णय गर्दै नेकपा (समाजवादी) संसदीय दलको बैठक सम्पन्न

धनगढी / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीको ) सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैंठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
मंगलबार दलको बैंठकले सुदूरपश्चिम सरकारका कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको जनाइएको छ ।
संसदीय दलका नेता दीर्घ सोडारीको अध्यक्षतामा बसेको बैंठकले प्रदेश सरकारले विनियोजित गरेको बजेटलाई कार्यान्वयन गर्न प्रदेश सरकार समक्ष तदारुपकताका साथ अघि बढ्न आग्रह गरिने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गा कामीले जानकारी दिइन ।
उनले प्रदेश सरकारका कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफ्नो दलले समयमै सजग र सचेत गराउने बताइन् ।
उनले औचित्य र आवश्यकताका आधारमा ठेगाना बिग्रेका योजनाको बारेमा पनि दलले सचेतना अपनाई योजना अघि बढाउने बताइन् ।
प्रमुख सचेतक कामीका अनुसार प्रदेश सरकारका विषयगत समितिमा पनि आवश्यक फेरबदल गरी आफ्नो पार्टीको सशक्त प्रतिनिधित्व समावेश गरी अघि बढ्ने निर्णय भएको बताइन् ।
प्रदेश सरकारको पहिलो दल भएका हैसियतले पनि आफ्रनो दल सदैब प्रदेशवासीको समग्र विकासका लागि आगि पर्ने सो दलको निर्णय छ ।
साथै सो दलले आउँदैै गरेको विजया दशमी तथा तिहाकाका अवसरका शुभकामना आदान प्रदान गर्ने समेत निर्णय गरेको जनाइएको छ ।




