१२ पुष २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशका मन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा



धनगढी / एमाले विभाजन भएपछि परेको प्रभावका कारण सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन् ।

उनीहरुले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन । शाह एमाले संसदीय दलका नेता समेत हुन ।

विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै छन । बाजुराबाट निर्वाचित शाह ०७४ फागुन ३ गते तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए ।

भने गत जेठमा फेरि आर्थिक मामिला तथा योजनामन्त्री भएका थिए । गहतराज पनि जेठमै राज्यमन्त्री भएकी थिइन ।

एमालेले सरकार छोडेपछि अव एमालेबाट विभाजित नेकपा ( एकीकृत समाजवादी ) र नेकपा माओवादी केन्द्रको सरकार रहने भएको छ ।

सभामुख सहित २५ सदस्य रहेको एमालेका १४ जनाले समाजवादी रोजेका छन् । माओवादीका १३ प्रदेश सभा सदस्य छन् । सरकार टिक्नका लागि २७ जना आवश्यक हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार