१० पुष २०८१, बुधबार

सुदुरपश्चिममा बालबालिका लक्षित कोरोना वेड निर्माण गरिदै



धनगढी / सुदुरपश्चिम प्रदेश सकारकारले कोरोनाको तेस्रो लहरमा बालबालिकाहरुहरुलाई लक्षित गर्दै विभिन्न अस्पतालमा तीन सय भन्दा बढी कोरोना वेडहरु निर्माण कार्यका लागि प्रक्रिया सुरु गरेको छ ।

कोभिड १९ ले बालबालिकाको शिक्षण सिकाइमा पारेको प्रभाव, चुनौती र भावी योजना विषयक सुदुरपश्चिम प्रदेश स्तरीय अन्र्तक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले महाकाली प्रादेशिक अस्पतालमा २५ वेड, सेती प्रादेशिक अस्पतालमा ५० वेड र टीकापुर अस्पतालमा २५ वेड बालबालिकाहरुलाई लक्षित गरेर निर्माण प्रक्रिया सुरु भएका छन् ।

उनले भने,पहाडी जिल्लाहरुमा रहेका सवै अस्पतलाहरुलाई बालबालिकाहरुका लागि कम्तिमा १० वेड आइसियु र भेन्टिलेटरसहित व्यवस्थापन गरेर राख्न निर्देशन गरेका छौ र पुरानो भौतिक संरचना भएको ठाउँमा तत्काल व्यवस्थापन गर्ने र भवन नभएको स्थानमा नयाँ संरचना बनाएर बालबालिका लक्षित कोरोना बेड निर्माणको कार्य सुरु हुन्छ ।

लामो समयदेखि विद्यालय सञ्चालन हुन नसक्दा बालबालिकाहरु कुलतमा फस्दै गएका र तत्काल बालबालिकाहरुका लागि कोरोना खोपको व्यवस्थापन गरेर भौतिकरुपमा विद्यालय सञ्चालनका लागि प्रदेश सरकारको ध्यान जानुपर्ने नेपाल बाल संगठन बाजुरा जिल्ला अध्यक्ष बसन्त विश्वकर्माले बताए ।

उनले भने, सरकारले अनलाईन कक्षामा दैनिक ज्यालादारी गरेर घरपरिवार चलाउने व्यक्तिहरुसंग स्मार्ट फोन किन्न सक्ने क्षमता नहुँदा गरिब परिवारका विद्यार्थी तथा उनीहरुका अभिभावकहरु प्रभावित भएका छन् ।

कार्यक्रममा बालबालिकाको वर्तमान अवस्था बारे चर्चा गर्दे बाल विज्ञ तारक धितालले कोभिडलले पठनपाठन प्रभावित हुँदा वालश्रम, वालविवाह, ओसारपसार, यौन दुव्र्यवहार, यौन शोषण बढ्ने आशंका गरिएको बताए ।

शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिमको आयोजनामा भएको कार्यक्रममा शिक्षा, स्वास्थ्य र बालक्लवका क्षेत्रमा कार्यरत अगुवाहरुको सहभागिता रहेको थियो । उहाँले विद्यार्थीहरुलाई जाँच नदिएर पास हुने भएकोले पढ्न मन नलाग्ने समस्या आएको र कोभिडमा पास भएका भनेर हेपिने अवस्था रहेको समेत बताए ।

उनका अनुसार कोभिडले देशभर १६२९० जना बालबालिका कोरोनाबाट प्रभावित भएको तथ्यांक रहेको पनि बताए । कोभिडका बेला बालबालिकालाई घरमै पनि रचनात्मक काममा लगाउने हो भने उनीहरु नकरात्मक गतिविधिबाट जोगिने उनको सुझाव थियो ।

शिक्षा अधिकार अनुगमन समूहका केन्द्रीय अध्यक्ष सन्तराम डंगोलको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेल, लुनिभा बाल सरोकार केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र डंगोल लगायतले आफ्ना धारणा राखेका थिए । सो कार्यक्रमको सञ्चालन सो समूहका प्रदेश अध्यक्ष शेरबहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार