३ बैशाख २०८३, बिहिबार

अन्तक्र्रिया कार्यक्रम



धनगढी । शान्ति न्याय र सवल संस्थाका लागि नागरिक समाज विषयक एक दिने अन्तक्र्रिया कार्यक्रम आइतबार धनगढीमा भएको छ ।

कोक्यापको आयोजनामा भएको कार्यक्रममा कैलाली र सुर्खेतका नागरिक समाजका पदाधिकारीहरूसंग अन्र्तक्रिया गरिएको हो ।

कार्यक्रममा सहभागिहरूले नागरिक समाजको भुमिका साँघुरिदै गएको गुनासो गरेका थिए । कार्यक्रममा सुर्खेतका विन्दुलाल रेग्मीले भने– ०६२÷६३ को जनआन्दोलनमा बलियो देखिएको नागरिक समाजको भूमिका पछिल्लो समय साँघुरिदै गएको छ ।

उनले नागरिक समाजले समाज परिवर्तनका लागि आफुलाई परिवर्तन, समयानुकुल बनाउँदै लग्नु पर्ने सुझाव दिए ।

धनगढी उपमहानगर कार्यपालिका सदस्य प्रेम विकले जातीय विभेद कायमै रहदा समेत नागरिक समाजका पदाधिकारीहरू पनि मौन बस्ने गरेको गुनासो गरे । उनले भने, ‘सरकारले संविधानमै जातीय विभेद अन्त्य भएको घोषणा गरेको थियो । अहिले पनि कुनै न कुनै बहानामा दलित वर्गले जातीय विभेद भोग्नुपरेको छ । खै त नागरिक समाजको भुमिका ?’

कोक्यापका महेश भट्टले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएका मानवअधिकार तथा सुरक्षा घटनाका तथ्यांक प्रस्तुत गरेका थिए । उनले मार्च १ देखि जुन ३१ सम्ममा सुदूरपश्चिम प्रदेशमा ५० वटा हिंसात्मक घटना भएको बताए । प्रदेशमा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम बाजुरामा भएको बताए ।

‘देशभरीनै नागरिकको अभिव्यक्ति स्वतन्त्रता, हत्याहिंसा, बलात्कार, विभेद लगायतका घटना बढीरहेको छ’ उनले भने– आर्थिक, शासन, व्यक्तिगत, राजनीतिक लगायतका कारण समाजमा यी विकृति भइरहेको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार