२ माघ २०८१, बुधबार

आइएल सेन्टरको अध्यक्षमा शाह



धनगढी । अपाङ्गता भएका क्षेत्रमा काम गरिरहेको आइएल सेन्टरको अध्यक्षमा भीमबहादुर शाह चयन भएका छन ।

सेन्टरका अध्यक्ष तुलसी जोशीको अध्यक्षतामा शनिबार भएको साधारण सभाले शाहको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

सेन्टरको उपाध्यक्षमा सकुनकला लिम्बु, सचिवमा विन्द्रा बोहरा, कोषाध्यक्ष विस्ना जोशी, सह–सचिव अच्युत जोशी चयन भएका छन ।

सेन्टरको सदस्यमा दिलिप चौधरी, हरिस वि.क, सन्दिप सिंह, धन बहादुर सिंह, चित्रा वम, अनिता दाहाल चयन भएका छन ।

यस्तै तुल्सी जोशीको संयोजकमा सल्लाहकार समिति गठन गरिएको छ । जसमा सदस्यमा राम चन्द्र राना, अग्नि प्रसाद तिवारी, धर्म राज ओझा
र जय मल्ल चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार