८ पुष २०८२, मंगलवार

सर्पले टोक्दा कञ्चनपुरमा एक पुरुषको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा एक पुरुषको सर्पको टोकाईबाट मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–८ बस्ने वर्ष ४९ का दुर्गा बहादुर थापाको आईतवार धान रोपाई गर्ने क्रममा दिउँसो करेत सर्पले टोकेको थियो ।

सर्पले डसेपछि उनलाई उपचारको लागि महाकाली अञ्चल अस्पताल लगिएको थियो  । महाकाली अञ्चल अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारको लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार