सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग
धनगढी । नेपाल भारत वर्ल्ड डेभलपमेन्ट फोरम नेपालले सीमा खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
कोरोनाको जोखिम मोल्दै सीमामा सुरक्षार्थका लागि खटिएका सुरक्षाकर्मीलाई सुरक्षित बनाउन सामाग्री वितरण गरिएको हो ।
सिमा सुरक्षा बल बोर्डर आउट पोष्ट धनगढी, डोकेबजार र प्रहरी कार्यालय त्रिनगरमा रहेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको फोरमकी केन्द्रिय सदस्य एंवम कैलाली जिल्ला अध्यक्ष निर्मला रिजालले बताइन ।
तीन वटै सुरक्षा निकायलाई १०/१० पोका सर्जिकल मास्क र चार/चार बोतल स्यानिटाइजर हष्तान्तरण गरिएको हो ।
फोरमले केही दिन अघि धनगढीका विपन्न परिवारलाई खाद्यान्न र प्रहरीलाई मास्क र सेनिटाइजर पनि प्रदान गरेको थियो ।
धनगढी पोष्ट दैनिकका सम्पादक कर्ण शाह, जिल्ला खेलकुद बिकास समिति कैलालीका पुर्व अध्यक्ष राजीव गुप्ता लगायतले सामाग्री हष्तान्तरण गरेका थिए ।