प्रधानमन्त्रीले असंवैधनिक कदममार्फत राज्यसत्ता कब्जा गर्न खोजे : डिला संग्रौला
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयको ढोका बन्द गरी असंवैधनिक कदममार्फत राज्यसत्ता कब्जा गर्न खोजेको नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाको भनाइ छ।
प्रधानमन्त्रीको पछिल्लो कदमले स्वतन्त्र न्यायपालिकाको भूमिकालाई कार्यपालिकाको छायामा राख्न खोजेको उनको भनाइ छ।
न्यायक्षेत्रमा संलग्न कानुन व्यावसायी तथा र पूर्वन्यायाधीशलाई सार्बजनिक रुपमै गालिगलौजमा प्रधानमन्त्री उत्रनु भनेको न्यायलय प्रती ठाडो हमला रहेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीको संविधान विरोधी कदमलाई रोक्ने एकमात्र उपाय सर्वोच्च अदालतको निर्णय नैरहेको बताउँदै उनले अदालते असंवैधानिक कदम सच्च्याउने अपेक्षासमेत गरेकी छन्।