८ पुष २०८२, मंगलवार

बैतडीमा जेठ मसान्तसम्म निषेधाज्ञा



धनगढी । बैतडीमा निषेधाज्ञा जेठ मसान्तसम्मका लागि थप गरिएको छ। यसअघि जेठ १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकको सिफारिस अनुसार जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।

आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जारी गरेको आदेश अनुसार निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ भने खाद्य तथा तरकारी पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने छ।यस्तै बैंक तथा वित्तीय संस्थाको हकमा हप्तामा तीन दिन दुई घण्टा मात्र सेवा दिनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार