सेती अस्पतालको प्रयोगशालामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा १ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ६ सय ५४ जनाको स्वाब परीक्षण गरीएकोमा ५ सय २१ जनाको रिपोट नेगेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ६५ जनाको उपचार भईरहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट १६ जना कोरोनामुक्त भएका छन् भने थप ४ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।