सेती प्रयोगशालामा थप २७३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरीएको कोरोना परीक्षणमा २ सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । ७ सय ५२ जनाको स्वाब परीक्षण गरीएकोमा ४ सय ७८ जनाको रिपोट नेगेटिभ आएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार धनगढीका ११२ जना , कैलालीका १३१ र अन्य जिल्लका ३० जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै अस्पतालमा ८१ जनाको उपचार भईरहेको जनाएको छ ।
अस्पतालमा आइसीयुमा १० जना रहेकोका छन्, भने ७१ जना अक्सिजन सर्पोटमा उपचार भईरहेको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ९ जना कोरोनामुक्त भएका छन् भने थप १४ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।