१२ पुष २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले भने- मलाई समर्थन गर्नोस् नभए पछि चुनावमा लग्यो भन्न पाइन्न



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कि आफूलाई समर्थन गर्नुपर्ने नभए निर्वाचनमा लगियो भन्न नपाइने बताएका छन्। 

उनले भने, ‘मैले भनिरहेको छु। समर्थन दिनुहोस्। दिनुहुन्न भने पछि चुनावमा लग्यो भन्न पाइन्नँ।’ प्रतिपक्षी दलले सधैंको किचलो गरिरहेकाले त्यसको जवाफ पनि उनीहरुले नै दिनुपर्ने ओलीले बताए। 

तपाईं प्रधानमन्त्रीको दाबी फेरि पेश गर्नुहुन्छ? भन्ने प्रश्नमा उनले आफू दाबी गर्ने बताएका छन्। आफूसँग सबैभन्दा धेरै १२१ मतभार भएकाले सहज हुने ओलीले दाबी गरे। 

भने, ‘म दाबी गर्ने प्रयासमा छु। मसँग १२१ मतभार छ। अलिक सजिलो होला कि भनेर कोशिस गरिराखेको छु।’

राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्ने उनको बताए। त्यसरी कसैले समर्थन दिए एक महिनाभित्र विश्वासको मत लिने उनको भनाइ छ।

ओलीले त्यतिबेला विश्वासको मत नपाए स्वत: देश चुनावमा जाने बताउँदै चुनावमा गयो भन्न नपाइने बताए। आफूसँग अहिले खास मत २७१ मा ९३ मात्रै रहेकाले अन्य दलहरुले सोच्नुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार