बिहिबार सेती प्रयोगशालामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहिबार ४६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८४६ नमूना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
यस्तै अस्पतालमा १०३ जनाको उपचार भईरहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना कोरोनामुक्त भएका छन् भने थप १३ जना अस्पतालमा भर्ना भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।