९ पुष २०८२, बुधबार

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ



धनगढी । कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन्। जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ५ बनखेतका २८ वर्षीय योगेन्द्र एरीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ हेडक्वाटरले जनाएको छ।

सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ हेडक्वाटर कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट जिमुवाबाट सहायक प्रहरी निरीक्षक हेमन्त सिंहको कमाण्ड र प्रहरी चौकी जिमुवाबाट प्रहरी सहायक निरीक्षक रमेश परियारको कमाण्डमा खटीएको संयुक्त पैदल सीमा गस्ती टोलीले पक्राउ गरेको हो।

भिमदत्त नगरपालिका वडा नम्बर १० जिमुवा सीमा ईलाकामा म २ प ५३४५ नम्बरको मोटरसाइकलमा सवार ऐरीलाई शंङ्का लागि चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको जनाइएको छ। उनको साथबाट रसकोफ १ बोतल, सिम्प्लेक्स सी २४ ट्याब्लेट ब्राउन सुगर ०.१२ ग्राम बरामद गरिएको हो।

बरामद गरिएको सो लागुऔषध, मोटरसाइकल सहित उनलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार