८ कार्तिक २०८१, बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई मातृशोक



धनगढी–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेको छ।  डोटीको केआइसिंह गाउँपालिका–६ फलेडीका स्थायी बासिन्द रहेका मुख्यमन्त्री भट्टकी आमा ८४ वर्षीया शारदाको बिहीबार निधन भएको छ।

मुख्यमन्त्री भट्टकी आमा शारदाको स्वास्थ्यमा केही दिन अगाडि समस्या आएको थियो। घरमै रहेको अवस्थामा शारदाको आज निधन भएको हो। 

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीका अनुसार आमाको निधनपछि मुख्यमन्त्री भट्ट अहिले आफ्नो निवास डोटी पुगिसकेका छन्। 

मुख्यमन्त्री भट्टकी दिवंगत आमाको अन्त्येष्टि शुक्रबार मात्रै गरिने उनको परिवारका सदस्यले जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार