८ कार्तिक २०८१, बिहीबार

कञ्चनपुरमा तीन दिन मात्र किराना र तरकारी पसल खुल्ने



कञ्चनपुर । कञ्चनपुरमा तीन दिन मात्रै किराना र तरकारी पसल खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर आज एक सुचना जारी गर्दै यस्तो बताएको हो । 

बिश्वभर फैलिरहेको नयाँ भेरियन्ट सहितको को संक्रमण कञ्चनपुर जिल्लामा समेत फैलिरहेको भन्दै तीन दिन मात्रै किराना र तरकारी पसल खुल्न पाउने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

उनका अनुसार आईतवार, मंगलबार र बिहिवार बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न पाउने जनाएको छ । यस्तै औषधी तथा स्वास्थ्य सामाग्री,दुध डेरी एवं पेट्रोलियम पदार्थ जस्ता अतिआवश्यक पसलहरु खुल्ला रहने जनाएको छ । जिल्लामा बैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी छ।  

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार