७ कार्तिक २०८१, बुधबार

हात्तीको प्रभाव



टीकापुर । टीकापुर नगरपालिका वडा नं ५ नुक्लीपुरका राजकुमार चौधरीको घर हात्तीले भत्काइदिएको छ बुधबार राति दुई बजेतिर चौधरीको घर भत्काएको हो । ‘घरमा तीन जना सुतेको थियौ घर हल्लिन थाल्यो,’ राजकुमारले भने, ‘एउटा भित्ता भत्काइसकेपछि अर्को भित्ता भत्काउन थालेका बेला भाग्यौ“, घरको बीचमा भित्ता भएर बाच्यौ“, नत्र ज्यान जाने थियो ।’ गाउले जागेर हल्ल गरेपछि टीकापुर पार्कतिर पसेको हात्ती उज्यालो भैसकेपछि उत्तरतिरको खोटेना सामुदायिक वनतिर लागेको टीकापुर पार्कका इञ्चार्ज अर्जुनबहादुर कुवरले जानकारी दिए ।

२०७७ चैत २० गते दिउसो टीकापुर नगरपालिका वडा नं १ शक्तिनगरका ६८ वर्षका मन्सुराज चौधरीलाई नजिकैको जगतपुर सामुदायिक वनमा हात्तीले कुल्चेर मा¥यो । त्यसको दोस्रो दिन शक्तिनगरमा रातभर हात्ती बसेपछि प्रहरीलाई गुहार माग्दा पनि नआएको र भाडा ठटाएर, आगो बालेर हात्ती भगाएको शक्तिनगरकी बिन्द्रा चौधरीले बताइन ।

बर्दिया राष्ट्रिय निकुञ्जसंग सीमा जोडिएका कैलालीका जानकी र टीकापुर नगरपालिकाका जंगल किनारका बस्ती हात्तीबाट प्रभावित हुदै आएका छन् । टीकापुर नगरपालिकाका बसन्ता, बनगाउ लगायतका क्षेत्रमा उखुबाली नोक्सान गर्ने गरेको छ भने जानकी गाउ“पालिकाका अमरावति, पालबजार, कटा“से, पूर्व खैरीफा“टमा हात्तीले घर भत्काउने, खाद्यान्न खाइदिने, बाली खाने गरेको छ ।

स्थानीय तहसंग हात्तीको प्रभावबाट जोगिन र भएको क्षतिको पूर्ति गर्ने कुनै योजना छैन । जानकी गाउपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रदीपकुमार शाह नोक्सान गरेका बेला राहात दिने गरेको बताए । त्यस्तै टीकापुर नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरी पनि यसअघि घर, बालीको क्षति गर्दा राहात दिने गरेको र मानवीय क्षति भने पहिलो पटक भएकाले क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय कैलालीमा लेखी पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार