७ कार्तिक २०८१, बुधबार

भीम रावलको नेतृत्वमा धनगढीमा खनाल-नेपाल समूहको प्रदेशस्तरीय बैठक



धनगढी । नेता भीम रावलको नेतृत्वमा नेकपा एमालेकाे खनाल-नेपाल समूहकाे सुदूरपश्चिम प्रदेशस्तरीय बैठक धनगढीमा बसेको  छ।

नेकपा एमालेको प्रदेश पार्टी कार्यालयमा बसिरहेको बैठकमा १० बुँदे कार्यसूचीमाथि छलफल भइरहेको बताइएकाे छ । प्रदेश, जिल्ला र स्थानीय कमिटिलाई पूर्ण बनाउने,  भातृसंगठनहरू बनाउनेलगायतका विषयमा बैठकबाट निर्णय हुने एक नेताले बताएका छन् ।

बैठकमा प्रदेशका नौ वटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी छन्। सर्वोच्च अदालतले एमाले–माओवादी केन्द्रको एकता भंग गराएपछि एमाले भित्रै कारबाहीमा परेका रावलको नेतृत्वमा बसेको बैठकमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, पूर्व मन्त्री दिर्घ सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल, दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मन्जु मलासीलगायत सहभागी छन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई निलम्वित गरेपछि प्रदेशमा रहेका उनी पक्षका कार्यकर्ता आक्रोशित छन् । खनाल-नेपाल समूहले पार्टी पुनर्गठनको राष्ट्रव्यापी अभियान नै चलाएको छ।

सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर ओली पक्षले माओवादी केन्द्रबाट आएका लेखराज भट्टलाई जिम्मेवारी दिएपछि एमाले सुदूरपश्चिममा झनै खैलाबैला मच्चिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार