५ कार्तिक २०८१, सोमबार

हाइड्रोशिल उपचारका लागि शिविर



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका हाइड्रोशिल हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग) को शल्यक्रियाका लागि धनगढी उपमहानगरपालिकामा निःशूल्क शिविर गरिएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलको आयोजनामा धनगढी उपमहानगरपालिका सहयोगमा फूलवारी स्वास्थ्य चौकीमा सञ्चालन भएको दुई दिने निःशूल्क हाइड्रोशिल तथा अप्रेसन शिविरमा १५ जनाको सफल शल्यक्रिया गरिएको जनाइएको हो ।

नेपालगञ्ज मेडिकलबाट दुई वटा विशेषज्ञ चिकित्सकसहितको सात जनाको टोलीले २८ जनालाई सेवा प्रदान गरेको थियो । जसमा छ जनामा हर्निया समेत देखिएको थियो । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख खगेन्द्र बमले भन– छ जनाको शिविरमा उपचार हुन नसकेपछि उनीहरूको नेपालगञ्जमै शल्यक्रिया गरिने छ । तर, त्यहाँसम्म आउने जाने खर्च भने विरामी स्वयमले व्यहोर्नुपर्ने जनाइएको छ ।

निर्देशनालयको आयोजनामा धनगढीमा फागुन २९ र चैत १ गते शिविर भएको थियो ।

हाइड्रोसिल भनेको पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुनु हो । हाइड्रोसिल एक वा दुवै अण्डकोषमा हुन सक्छ । जम्मा भएको पानीले गर्दा अण्डकोष सुनिएको वा ठूलो भएको जस्तो देखिन्छ । हाइड्रोसिलले कहिले दुखाइ पैदा गराउदैन तर अण्डकोषको आकार भने ठूलो बनाउँछ । यसको उपचार सामान्य शल्यक्रिया नै हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार