७ कार्तिक २०८१, बुधबार

दार्चुलामा ढुङ्गा लागेर एकको मृत्यु



दार्चुला । दार्चुलामा ढुंगा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने  ४५ बर्षिय वीर राम टमाटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।

सोमबार बिहान ७ बजेतिर दार्चुला-गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टिको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेका ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार