७ कार्तिक २०८१, बुधबार

बलत्कारको आरोपमा ७० वर्षीय वृद्ध सहित ४ जना पक्राउ



डडेलधुरा । डडेलधुरा एक किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको परशुराम नगरपालिकामा १४ बर्षिय किशोरीलाई बलत्कार गरेको आरोपमा ७० वर्षीय एक वृद्ध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले करिब २ महिना पहिले १४ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

पक्राउ परेका आरोपितलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार