४ पुष २०८२, शुक्रबार

प्रदेश सञ्चार प्रतिष्ठान स्थापना गर्न माग



धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो साधारण सभाले सुदूरपश्चिमका पत्रकारहरुको पेशागत सुरक्षाका लागि प्रदेश सरकारले सञ्चार प्रतिष्ठान स्थापना गर्न माग गरेको छ, ।


कैलालीको गोदावरीमा शुक्रबार सम्पन्न साधारण सभाले सो माग सहित ६ बुँदे घोषणा पत्र जारी गरेको हो । साधारण सभाले सुदूरपश्चिमको पत्रकारितालाई व्यावसायिक तथा मर्यादित पेशा बाउनतर्फ थप उन्मुख हुन सरोकारवाला सबैलाई अपिल समेत गरेको छ ।

साधारण सभाले पत्रकारहरुको पेशालाई संकुचन गर्ने खालका ऐन, नियम र कानुनहरु निर्माण नगर्न तीन वटै तहका सरकारहरुलाई अपिल पनि गरेको छ । कोभिड–१९ को संक्रमणका कारण बेरोजगार भएका पत्रकारहरुलाई तत्काल रोजगारी उपलब्ध गराउनु पर्ने र सेवाबाट हटाईएका पत्रकारहरुलाई तत्काल पुनस्र्थापना गर्न सम्बद्ध सञ्चार संस्था र नेपाल सरकारसंग माग समेत गरिएको छ ।


प्रतिनिधि सभा विघटन र त्यसपछिका राजनितिक घटनाक्रमबाट संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकको संविधान, नागरिक अधिकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउने जोखिम बढेको साधारण सभाले हठर रहेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेपछि संविधानले परिकल्पना गरेको स्थायित्व पनि धरापमा परेको पनि साधारण सभाले ठहर गरेको छ ।

महासंघको साधारण सभाले कैलालीको गोदावरी लगायत सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन र विकासका लागि ठोस कार्य गर्न सरकारलाई अपिल गरेको छ ।
साधारण सभामा केन्द्रिय समितिको निर्णय अनुसार प्रदेश समितिका पदाधिकारी तथा सदस्य, जिल्ला शाखाका अध्यक्ष, उपाध्यक्ष, सचिव, महासंघका प्रदेशमा रहेका केन्द्रिय सदस्य, पूर्व केन्द्रिय सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार