४ पुष २०८२, शुक्रबार

बुवाले गोली हानेर छोरीको हत्या गरे



धनगढी / पुर्चौंडी नगरपालिका १० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई गोली हानेर मारेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार धनबहादुरले शनिबार साँझ ५ बजे भरुवा बन्दुकले गोली हानी छोरीको हत्या गरेका हुन् ।

उनले श्रीमान–श्रीमतीको झगडा हुँदा छोरीले छुट्याउन खोज्दा भएको विवादमा बुवाले छोरीलाई गोली हानेको भन्ने जानकारी आएको बताए।

उनले प्रहरी घटनास्थल पुगेपछि विस्तृत विवरण आउने बताए।

बैतडीमा लुकाइछिपाइ स्थानीयले भरुवा बन्दुक राख्ने गरेको पाइएको छ। गोली प्रहार गर्ने बुबा भने अहिले फरार छन्।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार