हिमाली क्षेत्रमा हिमपात, तराईमा वर्षा
धनगढी । सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात र तराइमा फाटफुट वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपात भएको छ । कैलाली, कञ्चनपुर सहित तराइमा बिहीबार र शुक्रबार फाटफुट वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबारदेखि शुक्रबारसम्म धनगढीमा एक दशमलब चार मिलिमिटर, डडेल्धुरामा १२ दशमलब दुई मिलिमिटर र डोटीमा आठ मिलिलिटर वर्षा भएको छ ।
लामो समयपछि वर्षा र हिमपात परेपछि किसान दंग परेका थिए ।
सुदूरपश्चिमको डोटी, बाजुरा र बझाङमा हिमपात भएको छ । बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउ“पालिका, पाण्डव गुफा गाउ“पालिका, हिमाली गाउ“पालिकाको माथिल्लो क्षेत्रमा बिहीवार रातिदेखि नै हिमपात भएको थियो भने तल्लो क्षेत्रमा वर्षा भएको थियो ।
यस्तै डोटीको लेकाली क्षेत्रका साथै प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएको थियो ।
बझाङका दहबगर, काँडा, सुर्मा, लेकगाउँ, मौलाली, मष्टालगायत अन्य अन्य ठाउ“हरुमा पनि वर्षा र हिमपात भएको जनाइएको छ ।
भदौदेखिको लामो खडेरीले सुख्खा भैरहेका हिमपात र वर्षाका कारण चिसो बढेको छ । गत वर्ष मंसिरको दोस्रो सातामै हिमपात भएको भए पनि यस वर्ष ढिला हिमपात भएको हो ।
हिमपातका कारण एक गाउँबाट अर्को गाउँसम्म पुग्न सकिने अवस्था नरहेको बुङगल नगरपालिका वडा नं २ का जय धामीले बताए ।
उनले भने– ‘गाउ“मा दुई फिट भन्दा बढी हिउ परेको छ । एक घर बाट अर्को घरसम्म जान सकिने अवस्था छैन ।’ दैनिक कामकाजका लागि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।
हिमपात र वर्षास“गै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको उनको भनाइ छ । विगतका वर्षहरुको भन्दा यस वर्ष चिसो अत्यधिक बढेको स्थानीयको भनाइ छ । चिसोको असर बालबालिका र बृद्धबृद्धाहरुमा बढी परेको छ ।
हिमपातका कारण आंशिक रुपमा टेलिफोन, यातयात र विद्युत सेवा प्रभावित भएको छ । बैतडीको ढोल्या मोड, खोड्पे बजार, अनारखोली, नाचन्थलीलगायतका ठाउँहरुमा बाक्लो हिमपात भएका कारण बझाङ भित्रने सावरी साधनहरुलाई सकस भएको छ । बादलले सौर्य प्रणाली चार्ज नहु“दा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।
बिहीबारदेखि नै बेला बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका वडा नं १० देउलीकोटका मोहन बोहराले बताए । वर्षा नभएका कारण अधिकांश क्षेत्रमा हिउँदे बाली राम्ररी उम्रन पाएका छैनन् भने उम्रेका बाली पनि सुकेर पहे“लो हुन थालेका छन् ।
लो गरीे पानी परे पनि यो वर्ष बालीनालीका लागि पर्याप्त नभएको किसानहरुको भनाइ छ । विगतका वर्षहरुमा कात्तिकको पहिलो सातातिर हिमपात भएको थियो । यसपाली ढिलो हिमपात भएको छ । हिमपात ढिलो भए पनि बाली सप्रने किसानहरुको भनाइ छ ।
शुक्रवार पश्चिम पहाडबाट मौसम खुल्दै शनिवार बेलुकासम्म तराईका सबै ठाउँमा मौसम खुल्ने जनाइएको छ । हिमाली क्षेत्रमा हिमपात भए पनि पहाड तथा तराईमा वर्षा भने सोचे जति नभएको जनाइएको छ । नेपालमा प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको हावा मडारिएर हिमाली क्षेत्र हुँदै चीनतर्फ लागेपछि नेपालमा ठूलो पानी पर्ने सम्भावना घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




