६ कार्तिक २०८१, मंगलवार

कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन



धनगढी । सुदूरपश्चिम प्रदेशमा महिला महिनावारी हुँदा प्रयोग गरिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको छ ।

हिनावारीका बेला प्रयोग गरिने सेनेटरी प्याडमा प्लाष्टिक मिसावट हुने र प्रयोग गरिसकेको प्याड नकुहिने तथा जलाउँदा प्रदूषण हुने भएकाले सुदूरपश्चिम प्रदेशको धनगढीबाट पहिलो पटक सहजै कुहिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको बताइएको छ ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) धनगढीले कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुरु गरेको हो । जीआइजेडको आर्थिक सहयोग र धनगढी उपमहानगरपालिकाको समन्वयमा पहिलो पटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको डब्लूएचआरका प्रादेशिक अधिकृत बेद अवस्थीले बताइन् । अन्य सेनेटरी प्याड नकुहिने र जताततै फ्या“क्दा प्रदूषण हुने गरेको भएको उनले बताइन् । भनिन्– हामीले उत्पादन गरेको सेनेटरी प्याड प्रयोग गरेको ६० दिनभित्रै कुहिन्छ । यसले वातावरण प्रदूषण पनि हुँदैन ।

किशोरीहरूको स्वास्थ्य प्रजननलाई ध्यानमा राखेर पहिलो पटक धनगढीबाट गुणस्तरीय कम्पोष्टेबल सेनेटरी प्याड उत्पादन थालिएको उनले बताइन् । यो प्याडमा प्रयोग गरिएको सामग्रीमा प्लाष्टिकरहित हुनुका साथै किशोरीको प्रजनन स्वास्थ्यलाई ख्यालमा राखेर निर्माण गरिएको उनले बताइन् । उनले भनिन्– अन्य प्याडको तुलनामा यसमा रसायनरहीत हुनुका साथै प्रयोग गर्दा सहजता हुने खालले निर्माण गरिएको हो ।

अन्य सेनेटरी प्याड प्रयोग गर्दा किशोरीहरूलाई स्वास्थ्य समस्या देखिएको बताउ“दै उनले ‘प्लाष्टिकयुक्त सेनेटरी प्याड प्रयोग गर्दा सेतो पानी बग्ने, पाठेघरमा इन्फेक्सन हुने लगायतका समस्या झेल्नु पर्ने भएकाले त्यसबाट मुक्ति दिलाउन हामीले कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन गरेका हौ“ । यो केमिकलरहीत छ ।

आठ वटा पिसको ५० देखि ६० रुपैयाँसम्ममा बजारमा ल्याइने तयारीका साथ थालिएको उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गरिने उनले बताइन् । ‘हामीले उत्पादन गरेका सेनेटरी प्याडलाई गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न प्रक्रिया थालेका छौं’ उनले भनिन्– गुणस्तर चिन्ह प्राप्त हुने वित्तिकै बजारमा ल्याउने छौं ।
एकल महिलाको आयआर्जनमा वृद्धि गर्नुका साथै एकल महिलालाई हौसला दिन जिआइजेडले यो कार्यक्रम ल्याएको अवस्थीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार