२७ पुष २०८१, शनिबार

अन्नबाली छोडेर व्यवसायिक तरकारी खेती



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का फुलाराम चौधरी तरकारी खेती गर्न थालेको नौ वर्ष भयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि सरकारले उपलब्ध गराएको जग्गामा तरकारी खेती गरेका फूलारामले अन्नखेती गर्न गाउ“मा थप जग्गा समेत भाडामा लिएका छन्् ।

‘धानगहु“ भन्दा तरकारीमा मुनाफा बढी हुने देखिएपछि हामी चारै जना भाइ तरकारी खेतीमा लाग्यौ’, उनले भने– अहिले हाम्रो परिवारको खर्च चलेकै तरकारीबाट भएको आम्दानीले नै हो ।
यसअघि गाउ“मा थोरै संख्यामा कृषक तरकारी खेतीमा लागेको भए पनि केही समयअघि गाउ“मा दातृ निकायले सोलार सि“चाइ जडान गरिदिएपछि गाउ“मा तरकारी खेतीमा आकर्षण बढेको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले गाउ“मा आयमूलक काममा लाग्न प्रेरित गर्न सोलार सि“चाइ जडान गरिदिएपछि गाउ“मा १५ जना कृषक तरकारी खेतीमा आवद्ध भएका छन्् । १७ कठ्ठा जमिनमा तरकारी खेती गरिरहेका फुलारामले कुनै पनि सरकारी निकायबाट गाउ“मा कसैले पनि कृषि अनुदान नपाएको गुनासो गरे ।
‘कृषिबाट अनुदान मिल्न भन्ने त सुन्छँै“ तर पाएका छैनौं’, उनले भने– तरकारीको कमाइ समूह बनाएर बचत गर्ने बानीको पनि विकास यहा“ भएको छ ।
उनले एनएनएसडब्लुएले सि“चाइका लागि सोलार सेट, जडानका लागि लगानी र बोरिङ उपलब्ध गराएको बताए । यहा“ उत्पादित तरकारी स्थानीय बेलौरी बजार, धनगढी र महेन्द्रनगरसम्म खपत हुने गरेको कृषकको भनाई छ ।
बेलौरी नगरपालिका वडा नम्बर ३ का वडा सदस्य जगन्नाथ चौधरीले तरकारीका लागि बजारको समस्या नरहेको बताए । उनले स्थानीयवासी तरकारी खेतीलाई आयआर्जनको मुख्य पेशा बनाउ“दै गइरहेको बताए । ‘तरकारी उत्पादन भएको बेला यहा“ टोकरीमा राखेर गाउ“घर डुलाउ“दै पनि बिक्री वितरण गरिन्छ ।’ पा“च कठ्ठा जग्गामा तरकारी खेती समेत गर्दै आएका वडा सदस्य जगन्नाथले भने, ‘तरकारीको कमाइले घरखर्च चलिरहेको हुन्छ ।’
स्थानीय जनजागृति कृषि सहकारीमा आवद्ध भएर गाउ“मा कृषक तरकारी खेती, कुखुरापालन, माछापालनलगायत काममा सक्रिय भएर लागेको चौधरीको भनाइ छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हाटबजार बन्द हु“दा बिक्री वितरणमा केही समस्या आएको उनको भनाइ छ ।
नेपाल राष्ट्रिय समाज कल्याण संघको सफल परियोजनाअन्तर्गत सोलार सि“चाइ उपलब्ध गराइएको हो । सफल परियोजनाका संयोजक राजकुमार सुनारले रु तीन लाख ८० हजारको लागतमा उक्त सिँचाइ सञ्चालनमा ल्याइएको बताए । उनले बेमौसमी तथा मौसमी तरकारी उत्पादनमा सहजता होस् भनेर सि“चाइ जडान गरिएको जानकारी दिए । ‘अहिले २५ जना कृषकले समूह बनाएर सिँचाइ उपयोग गरिरहेका छन्् ।’ उनले भने, ‘उक्त परियोजनाअन्तर्गत ग्रामीण क्षेत्रका धेरै कृषक लाभान्वित भएका छन्् ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार