भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

धनगढी / सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई मंगलबार बर्खास्त गरेको उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओली बताए ।
नेकपा देखिएको विभाजनमा बोहरा प्रधानमन्त्री ओली समूहमा लागेपछि उनलाई बर्खास्त गरिएको बताइएको छ ।
मुख्यमन्त्री भट्ट नेकपाको प्रचण्ड–माधव समूहमा रहेका छन् ।




