७ कार्तिक २०८१, बुधबार

भौतिकमन्त्री बोहरा हटाइदै



मन्त्रीको सचिवालय भन्छ मन्त्रीलाई कुनै जानकारी छैन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री पठानसिंह वोहरालाई आज हटाउने स्रोतको दावी छ ।

बोहरा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहमा लागेकोले मंगलबार हटाउने तयारी भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकार भने नेकपाको प्रचण्ड माधव समूह निकट रहेको छ ।

मन्त्री बोहराका स्वकीय सचिव केशव अवस्थीले मन्त्री पदबाट हटाउने बारे कुनै जानकारी नरहेको बताए । म मन्त्रीज्यूसित काठमाडौमा छु तर उहाँ (मन्त्री) प्रदेश सरकारलाई अनुदान जुटाउने काठमाडौ आउनु भएको हो उहाँको विहीबार फर्किने कार्यक्रम रहेको छ स्वकीय सचिव अवस्थीले बताए ।

यद्ययी मुख्यमन्त्रीले कुनै जानकारी नदिएरै पनि मन्त्रीलाई हटाउने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार