वालिका शिक्षाबारे अनुभव आदानप्रदान
धनगढी । सिमान्तकृत बालिकाहरूको शिक्षामा पहुच बढाउनका लागि कैलालीका स्थानीय तहह्ररुबीच सिकाई तथा अनुभव आदानप्रदान थालिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरू, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखाका प्रतिनिधीहरूले आफ्नो स्थानी तहले सिमान्तकृत बालिकाहरूको शिक्षामा पहुच अभिबृद्धीका गरेका राम्रा अभ्यासहरूलाई आदानप्रदान गरिरहेका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका एक दर्जन बढी स्थानीय तहका सरोकारवालाहरू कार्यक्रममा सहभागि छन्् । कार्यक्रम तीन दिनसम्म चल्ने जनाइएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले कुनै एएटा स्थानीय तहले गरेको राम्रो अभ्यास अर्को स्थानीय तहले कार्यान्वयनमा ल्याउन सक्ने भएकाले पनि कार्यक्रम उपलब्धीमूलक हुने विश्वास व्यक्त गरे ।
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले पाच वर्षयता बालिकाको शिक्षामा सुधार आएको बताए । उनले भने–यसका लागि अभिभावकहरूलाई पनि बालिका शिक्षाका बारेमा साक्षर बनाउनु पर्छ भन्ने हाम्रो अनुभवले देखाएको छ ।
ब्याकवार्ड सोसाइटी एजुकेशनका निर्देशक चुर्णबहादुर चौधरीले बालिकाहरूको शिक्षामा सुधार ल्याउनका लागि उनिहरूको अतिरिक्त समय पनि पठनपाठन मै लगाउनु भएको बताए ।
बेस का संयोजक लक्ष्मण चौधरीले सीमान्तकृत बालबालिकाको शिक्षामा सहयोग परियोजना (स्टेम) संचालन भएका स्थानीय तहबीच एउटै मञ्चमा भेला गरेर सिकाई तथा अनुभव अदान प्रदान गर्ने वातावरण बनाएको बताए ।




