१८ बैशाख २०८१, मंगलवार

टमाटरमा रोगको प्रकोप



धनगढी । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ३ का रामजान चौधरीको फल्न थालेको टमाटर खेतीमा ढुसीजनित रोग देखा परेको छ । व्यावसायिक रुपमा तरकारी खेती गरिरहेका रामजानले पाँच कठ्ठामा टमाटर खेती गरेका छन् । ढुसीजनित रोगका कारण फलेको हरियो टमाटर कुहेर झर्न थालेको छ ।

‘फलेका टमाटरमा ढुसीजनित डढुवा रोग देखापरेको छ’ किसान रामजानले भने– आलु र काउली पनि तयार भइरहेको छ । टमाटरमा रोग लागेकोले अब अरु तरकारीमा पनि विषादी छर्नुपर्ने भएको छ ।

किसान वर्षेनी हिउँदे याममा तरकारी बालीमा ढुसीजनित रोगको प्रकोपको समस्या भोग्दै आएका छन्् । रोग प्रकोपले लगानी खेर गइरहेको छ ।

चिसो बढेसंगै तुसारो पनि पर्ने भएकाले अहिले आलु, गोलभेंडा र खुर्सानी बालीमा ढुसीजनित डढुवा रोग देखापर्ने भएकाले किसानले बाली जोगाउन खेती लगाएदेखि नै सजग हुनुपर्ने जानकी गाउ“पालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । ‘रोग लागिसकेपछि जोगाउन कठिन हुन्छ । रोग नलाग्दै सामान्य खालको विषादी छर्दा पछि कडा खालको विषादी प्रयोग गर्नुपर्दैन’ कृषि शाखा प्रमुख चौधरी भन्छन््– स्वास्थ्यका लागि पनि सामान्य खालको विषादी लाभदायक हुन्छ । बालीनालीमा सकेसम्म कडा विषादी प्रयोग गर्नुहुँदैन ।

मौसममा फेरबदल भएकाले किसानको बालीमा ढुसीजनित रोगको प्रकोपको संक्रमणका रुपमा छिट्टै फैलन सक्ने भएकाले समस्या आउनुपूर्वदेखि सावधानी अपनाई ढुसीजनित रोगविरुद्ध विभिन्न विषादीको प्रयोग गर्नुपर्छ । बालीनालीमा समस्या देखा परे किसानले बाली जोगाउने पद्धतिको अवलम्बन गरी सिँचाइ गर्दा ध्यान दिन सके रोगको प्रकोपबाट जोगाउन सकिने उनी बताउ“छन्् । ‘बालीमा सिँचाइ गर्दा तरकारीको डाँठ र पातमा नपार्ने, जरामा मात्र पार्ने गरी गर्न आवश्यक छ’, उनी भन्छन््– पानीले पनि रोग संक्रमण हुनबाट बचाउँछ ।

ढुसीजनित रोग लाग्दा उत्पादन नभई बाली नै सखाप हुने भएकाले रोग लाग्नुभन्दा पहिला र देखा परेपछि रोकथाम तथा नियन्त्रणका लागि कृषि प्राविधिकको सल्लाहमा विभिन्न उपाय र विषादी प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

अहिले बालीमा ढुसीजनित रोगको प्रकोप तथा डढुवा रोगको प्रकोपको शुरुआती चरण रहेकाले किसानले बाली अनुसारको विषादी छनर्् आवश्यक रहेको चौधरीले बताए । मौसमको प्रतिकूलता हेरी सावधानी तथा रोग नियन्त्रणका उपाय अपनाउन सके उत्पादन बढ्नाका साथै लागत खेर नजानेतर्फ किसान सचेत हुन आवश्यक रहेको टीकापुर नगरपालिकाका कृषि शाखा प्रमुख तुल्सीराम सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार