१६ कार्तिक २०८१, शुक्रबार

आइसियु र भेन्टिलेटरको अभाव



टीकापुर । कैलालीको पूर्वी क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै जाँदा टीकापुर अस्पतालमा आइसियु र भेन्टिलेटरको कमी हुन थालेको छ ।

सुदूरपश्चिम प्रदेश र संघीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफै“ आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल सुरु गरेको छ ।

चालू आर्थिक वर्षमा संघीय सरकारले टीकापुर अस्पताललाई चार वटा भेन्टिलेटर खरिदका लागि रकम पठाएको थियो भने सुदूरपश्चिम प्रदेश सरकारले दुई वटा भेन्टिलेटर खरिद गरेर पठाएको छ ।

“युएनडीपीले अस्पताललाई एउटा भेन्टिलेटर सहयोग गरेको भए पनि अस्पतालमा जनशक्ति नहुँदा उपकरण प्रयोग गर्न सकिएउको छैन” अस्पतालका अध्यक्ष दीपक रावलले भने– अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन्, तर आइसियुका लागि एकजना दक्ष जनशक्ति छैन ।

अध्यक्ष रावलले आगामी दुई महिनाभित्र आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने गरी स्थानीय तहसँग समन्वय सुरु गरेकाको बताए । अध्यक्ष रावलले टीकापुर नरगपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र महोन्याल गाउँपालिकासँग छलफल भएको बताए ।

उनले १० बेडको आइसियु र सात बेडको भेन्टिलेटर सञ्चालनका लागि पूर्वाधार अस्पतालस“ग भए पनि आवश्यक पर्ने जनशक्तिका लागि भने आर्थिक अभाव भएका कारण स्थानीय तहस“ग छलफल गरिएको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईले आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि एक जना एनेस्थेसिया सहित ३२ जना थप कर्मचारी व्यवस्थापन गर्नुपर्ने बताउदै त्यसका लागि दुई करोड ३७ लाख रुपैया खर्च हुने अनुमान रहेको बताए ।

मेडिकल सुपरीटेन्डेन्ट डाक्टर राईले उपकरणमात्र भएर सेवा सञ्चालन गर्न नसकिने भन्दै जनशक्तिका लागि आर्थिक व्यवस्थापन भएमा आइसियु सञ्चालन गर्न कुनै समस्या नरहने बताए ।

उनले आइसियु सञ्चालन हुँदा टीकापुरका लागि मात्र नभई आसपासका क्षेत्रलाई समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

अस्पताल विकास समितिको समन्वयमा भएको सर्वदलीय छलफलमा अस्पतालमा आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि स्थानीय तह सकारात्मक देखिएका छन् ।

भजनी नगरपालिका उपप्रमुख छाया देवकोटाले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बिरामीले अस्पतालमा बेड पाउने अवस्था नरहेको बताउँदै यो समयमा आइसियु स्थापना प्रस्ताव महत्वपूर्ण रहेको बताएका छन् ।

त्यस्तै, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउ“पालिकामा चालू आवमा सबैभन्दा कम बजेट आएको बताउँदै आइसियु सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए ।
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आइसियु सञ्चालनका लागि टीकापुर नगरपालिकाले अग्रपंतिमा रहेर सहयोग गर्ने बताउँदै एउटै स्थानीय तहले मात्र चाहेर आइसियु सञ्चालन गर्न सम्भव नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार