७ कार्तिक २०८१, बुधबार

देउसीभैलो खेल्न रोक



धनगढी । कोरोना संक्रमण फैलन नदिन सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा तिहारमा खेलिने देउसीभैलोमा रोक लगाइएको छ ।

देउसीभैलोका नाममा मानिसहरू भेला हुने र त्यसले समुदायमा कोरोना संक्रमण भयावह हुन सक्ने भन्दै सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले तिहारमा खेलिने देउसीभैलो कार्यक्रम खेल्न प्रतिबन्ध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले विज्ञप्ति जारी गर्दै गौरा, दशैं लगायत पर्व झै तिहारलाई पनि सुरक्षा सतर्कताका साथ मनाउन आग्रह गरेको छ ।
यसैगरि कञ्चनपुर जिल्ला प्रशासनले पनि दशैंमा जारी गरिएको आदेशलाई निरन्तरता दिने जनाएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले दशै, गौरामा झैं तिहारमा पनि सो आदेशलाई निरन्तरता दिइने बताए ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका अन्य पाच जिल्ला प्रशासन कार्यालयले पनि देउसीभैलो नखेल्न र सुरक्षित तरिकाले तिहार लगायत पहाडी क्षत्रमा हुने अन्य पर्व मनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार